निद्राको महत्त्व बुझौँ
निद्राको महत्त्व बुझौँ
- निद्रा शरीर र मस्तिष्कलाई आराम गर्ने प्राकृतिक प्रक्रिया हो। यस समयमा शरीरले आफूलाई पुनः स्वस्थ र ऊर्जावान् बनाउँछ।
- पर्याप्त र राम्रो निद्राले स्वस्थ जीवन बिताउन मद्दत गर्छ।
- राम्रो निद्राले टाइप २ मधुमेह, उच्च रक्तचाप, मुटुको रोग र पक्षघात (स्ट्रोक) जस्ता दीर्घकालीन रोगहरूको जोखिम कम गर्न मद्दत गर्छ। यसले मुटुलाई स्वस्थ राख्छ र शरीरको चयापचय (मेटाबोलिज्म) राम्रो बनाउँछ।
- राम्रो निद्राले मानसिक स्वास्थ्य पनि सुधार गर्छ। यसले मन खुसी राख्न, तनाव कम गर्न, ध्यान केन्द्रित गर्न र स्मरणशक्ति बढाउन मद्दत गर्छ। यसले शरीर र मस्तिष्क दुवैलाई राम्रोसँग काम गर्न सहयोग गर्छ।



