मधुमेह
मधुमेह
- मधुमेह भन्नाले सजिलो भाषामा रगतमा चिनीको मात्रा धेरै हुनु हो।
- ग्लुकोज नामको चिनी रगतमा प्रवेश गर्छ, जसले शरीरलाई ऊर्जा (इन्धन) दिन्छ।
- अग्न्याशय (pancreas) नामको अंगले इन्सुलिन उत्पादन गर्छ।
- इन्सुलिनले यो चिनी (ग्लुकोज)लाई रगतबाट मांसपेशी, बोसो र अन्य कोषहरूमा पुर्याउँछ, जहाँ यसलाई ऊर्जा (इन्धन)का रूपमा प्रयोग गर्न सकिन्छ वा पछि प्रयोग गर्न भण्डारण गर्न सकिन्छ।
- जब कुनै व्यक्तिको अग्न्याशयले पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन वा इन्सुलिनले राम्रोसँग काम गर्दैन (इन्सुलिन प्रतिरोध), तब रगतमा ग्लुकोज (चिनी)को मात्रा बढ्न थाल्छ। यस अवस्थालाई मधुमेह भनिन्छ।


