नसर्ने रोगहरू नियन्त्रण गर्न माइन्डफुलनेस अभ्यासहरू
नसर्ने रोगहरू नियन्त्रण गर्न माइन्डफुलनेस अभ्यासहरू
१. पेटको श्वासप्रश्वास (Abdominal Breathing)
- यस विधिमा पेटको हलचल गराउनका लागि गहिरो श्वासप्रश्वास लिइन्छ।
- यसलाई “बेली ब्रिदिङ” (Belly Breathing) पनि भनिन्छ।
- यो एक आधारभूत योग श्वासप्रश्वास हो जसले छातीको श्वासप्रश्वासको नकारात्मक प्रभावलाई कम गर्दछ।
चरणहरू
- १. भुइँमा आरामदायी स्थितिमा बस्नुहोस्।
- २. एउटा हात आफ्नो छातीको माथिल्लो भागमा र अर्को हात पेटमा (करङको ठीक तल) राख्नुहोस्।
- ३. नाकबाट बिस्तारै गहिरो श्वास लिनुहोस्, हावालाई पेटको तल्लो भागसम्म पुग्न दिनुहोस्। छातीमा भएको हात स्थिर रहनुपर्छ र पेटको हात माथि उठ्नुपर्छ।
- ४. पेटका मांसपेशीहरूलाई कसिलो बनाउनुहोस्।
- ५. ओठलाई थोरै खुम्च्याएर श्वास बाहिर छोड्दा पेटलाई भित्र जान दिनुहोस्। पेटमा भएको हात आफ्नो पहिलेकै स्थानमा फर्कनुपर्छ।


