आफैंले निगरानी गर्ने र कतिबेला तुरुन्तै सहयोग लिने?
आफैंले निगरानी गर्ने र कतिबेला तुरुन्तै सहयोग लिने?
- सम्भव भएसम्म घरमै नियमित रूपमा आफ्नो रक्तचाप जाँच गर्नुहोस्, वा नि:शुल्क जाँचका लागि स्थानीय क्लिनिक वा औषधि पसल (फार्मेसी) मा जानुहोस्।
- कतिबेला तुरुन्तै अस्पताल वा डाक्टरकहाँ जाने? रक्तचाप १८०/१२० mmHg भन्दा माथि पुगेमा। धेरै कडा गरी टाउको दुखेमा वा छाती दुखेमा। सास फेर्न गाह्रो भएमा वा आँखा धमिलो भएमा। अलमल्ल परेमा वा बोल्न गाह्रो भएमा।
- डाक्टरले सिफारिस गरे अनुसार मात्र ठिक समयमा औषधी सेवन गर्नुहोस्। आफूलाई निको महसुस भए पनि डाक्टरको सल्लाहबिना औषधि खान नछोड्नुहोस्।
- आफ्नो रक्तचापको रिपोर्ट, औषधि खाएको समय र कस्तो महसुस भइरहेको छ, त्यसलाई एउटा डायरीमा लेखेर राख्नुहोस्। यसले डाक्टरलाई तपाईंको स्वास्थ्य अवस्था बुझ्न सजिलो हुन्छ।


